कोक्रोमा हल्लिरहेको मेरो संविधान कहिले पाको होला
कागजमा मात्रै सिमित विधान कहिले पाको होला ।।
बच्चा जन्मेको भए आज, फर्किने, बोल्न खोज्ने बेला भयो
नेपालीले पाएको स्वाभिमान कहिले पाको होला ।।
बुद्धि पसी कहिले, सहमति सहकार्यमा जुट्छन् खै
नागरिकले गरेको त्यो मतदान कहिले पाको होला ।।
प्रादेशिक संरचनाको भागबण्डामा रस्साकस्सी चल्दैछ
संघीय गणतन्त्रको पहिचान कहिले पाको होला ।।
चक्रविउ बनाइदै छ अभिमन्यु मारेझै मार्न यहाँ
कोक्रोमा हल्लिरहेको मेरो संविधान कहिले पाको होला ।।
पर्वत