19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल अनुभव आत्रेय October 6, 2016, 9:25 pm

जिन्दगी जो जीवन्त थियो अब जिन्दगी कहाँ रह्यो र?

यो श्वासमा उच्छ्‌वास भरी अब जिन्दगी कहाँ रह्यो र?

हर रङ्ग हर ढङ्ग अनि उमङ्गका सङ्गमा मस्त

नित रङ्गीन सपना सजाउने अब जिन्दगी कहाँ रह्यो र?

थाहा छ निरुद्देश्य बढ्थे कति कति यी पाइलाहरू

त्यो काँड़ा नबिझाउने बाटोभरि अब जिन्दगी कहाँ रह्यो र?

खुला आकाश तल खुल्थे हरभरा मनका फाँटहरू

हर मनमा तर फूल फुलाउने अब जिन्दगी कहाँ रह्यो र?

यन्त्रवत्‌ असार जीवन जगत्‌ आफैमा अपार छ

मान्छे मात्रको साइनो केलाउने अब जिन्दगी कहाँ रह्यो र?

राबङ्ला, दक्षिण सिक्किम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।