हरपल तिम्रो यादमा यो मन कति जल्छ
तिमी भन बिना रगत मुटु क्यारी चल्छ
मध्य रात अध्यारोमा दियो बालीरहे
मनमा सधैं आगमनको आशा पालीरहे
तेल सुके रुखो बाती दियो क्यारी बल्छ
तिमी भन बिना रगत मुटु क्यारी चल्छ
सिङ्गमरमर छापिएको तिम्रो घरको आँगन
पहराको पहिरो सरी भात्किएको यो मन
छैन भने माटो आड ढुङ्गा त्यसै ढल्छ
तिमी भन बिना रगत मुटु क्यारी चल्छ
चापानी-८,पाल्पा
हाल: दक्षिण कोरिया