19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल लीला गेलाल October 27, 2016, 7:26 pm

आखिर छाड्यौं मायाका ती भूल ब्यर्थ भो

सँगसँगै ज्यूने कबूल ब्यर्थ भो

बाहिर राम्रै भित्रभित्रै बिग्रेपछि के गर्नू र

धारा त महँगो जोडे मूल ब्यर्थ भो

ईश्वरको बरदान दुई आत्माको मिलन भन्छन्

तर आज आत्मा जोड्ने पुल ब्यर्थ भो

सम्झनाको एकान्तमा सताउँछ कति कति

प्रेमिल निद्रा पठाईदिने त्यो सुल ब्यर्थ भो

अन्ततः सहारा भगवानको ती पुकारा भो

तिमीलाई सम्झी चढाएको त्यो त्रिशुल बेकार भो

सुरूङ्गा, झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।