18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विमल गिरी October 28, 2016, 3:31 am
विमल गिरी
विमल गिरी

खुशी हास्ने आँखाहरु परेलिको डिलमा सधैं

बर्षौ भयो मनै खस्यो पिउदैछु साझ नहुँदै

अनायसै थकाईमा भित्र त्यसै पोल्दोरहेछ

जिउभारी भएपछी साझ त्यसै ढल्दोरहेछ

अपुराछन रहररहरु सुक्सुकाउछु पिरमा सधैं

बषौ भयो मनै खस्यो पिउदैछु साझ नहुँदै

बिह्वलछु बिबसछु लेखान्तले ठगे पछि

तढपिदैछु सुन्यतामा उल्टो नदी बगे पछी

छीन हुन्छ दिनझै सुसाइरन्छु बगर सँगै

बर्षौ भयो मनै खस्यो पिउदैछु साझ नहुँदै

चारपाने झापा, हाल: बेल्जियम,ब्रसेल्स

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।