18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आत्महत्याको पर्खाइमा

कविता ॠतु आसीक October 28, 2016, 3:34 am
ॠतु आसीक
ॠतु आसीक

आफ्नो घरमा नबोलाएर

छिमेकीको घरमा बोलाएर

पाहुनाको हुर्मत लिन सम्म लिएछौ?

छातीमा हात राखेर भन

सपनामा पनि दुक्ख नदिनेलाइ

तिम्रो पिँडालु वारि खनेको पनि त थिएन होला?

भन ! अलिकता लोक लाज लागेन?

लङौटी त लाएर गएका थियौ होला?

त्यो तिमीले त्यही फुस्काएको होला?

तेसैले तिम्रो चेत हरायो होला?

तिम्रो स्वार्थको आडम्बरी छर्केर

मुलुकको शीर झुकाएर

के पो बाकी राखेउ र?

देशलाइ धितो राखेर

लाज पनि पचाउने ठाउ हुन्छ

त्यो पनि नराखेर

मोदीको त तिमी हनुमान नै रहेछौ?

बिचार प्रती हिलो दलेर

सर्सराउदो देशलाइ अधमरो पारेर

चारैतिर विषैविष रोपेर

जातियताको बीस उमारेर

ईतिहास पढेका छौ?

सुगौली सन्धिका गजराज मिश्रको पुनराबृती होइन

लेण्डुपेमा आफुलाइ रुपान्तरण गतिरहेक छौ?

छिमेकीको लागि तिम्रो काम सकिएको छ ।

तिमी यसबेला

प्रयोग गरेर फ्याकिने भाडो भएका छौ।

साढेको झर्छ भन्दै हिडेका थियौ?

के पायो पाएको गुमाएका छौ।

तिमीसँग रहेको आत्म्हत्याको बिकल्प आत्म्हत्या रहेको छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।