प्रत्येक रातमा सधैँ सधैँ नै
सूर्य हराउने गर्छ
आशाको रङ्ग पोखेर
बिहानै
चुपचाप चुपचाप फेरि
बालकझैँ एक्लै सधैँ फिर्ने गर्छ
प्रत्येक रातमा सधैँ सधैँ नै
सूर्य हराउने गर्छ ।
साँझमा झ्याल ढोका बन्द गरेर
सूर्य
थकित आँखाहरु
बन्द गर्दै
दुई पल्ला जोरेर क्षितिजमा
सूर्य
सुस्तरी सुस्तरी
हिँड्ने गर्छ
प्रत्येक रातमा सधैँ सधैँ नै
सूर्य हराउने गर्छ ।
अनिँदा आँखा लिएर
साक्षी राखेर कुखुरी काँ
फेरि बिहानै
चुकुल र आग्लाहरु खोल्न आइपुग्छ
रातमा स्तब्ध भएका धुनहरु
विद्रोहमा रुपान्तरण गर्दै आइपुग्छ
रातमा निसासिएका चिरागहरु
फूलाउँदै आइपुग्छ ।
प्रत्येक रातमा सधैँ सधैँ नै
सूर्य हराउने गर्छ ।
प्रत्येक रातमा सधैँ सधैँ नै
सूर्य हराउने गर्छ ।
आशाको रङ्ग पोखेर
बिहानै
चुपचाप चुपचाप फेरि
बालकझैँ एक्लै सधैँ फिर्ने गर्छ
प्रत्येक रातमा सधैँ सधैँ नै
सूर्य हराउने गर्छ ।
गौरादह, झापा