डाउनलोडको प्रकृया थुप्रै छन्
अपसन धेरै छन् फाइल ट्रान्स्फोर गर्ने
तिम्रो मा एन्ड्रोएड फोन छ
त्यसको मेमरी लिमिटेड,
मेरोमा अनलिमिटेड क्यापसिटीको मेमरी कार्ड छ
त्यसलाई म दिमाग भन्छु
अंग्रेजीले ब्रेन भिदिएछ,
तिम्रो त दुई घम्टा मै व्याट्री डाउन हुन्छ
मेरो ब्यट्री डाउन हुन त
म नै डाउन हुनुपर्छ,
जब तिमी एप्सहरू डाउनलोड गर्छौ फोनमा
तब म फिलोसफरहरू डाउनलोड गर्छु जीवनमा।
जब तिमी एप्स ओपन गर्छौ
म प्लेटो अरस्तु सेक्सपियर
भानुभक्त लेखनाथ लक्ष्मी ओपन गर्छु।
तिम्रो एन्ड्रोएड ह्याङ हुँदा एण्टी भाइरस हाल्छौ
जब मेरो दिमाग ह्याङ हुन्छ तब
ओशो, मण्डेला आदि दार्शनिकहरू अप्डेट गर्छु
क्रान्तिकारी कविताहरू
दोहोऱ्याई दोहोऱ्याई पढ्छु
अनि लेख्छु
सोझा निमुखा दलितहरूलाई
हँसाउन अर्को कविता।