लगाम कसेर दानापानीले सजाइएका प्रचण्डहरु
घात गरिरहेका छन माटोलाइ
घर खनेर आगन पुरिरहेका छन
धुन्धुकारीहरु
सस्तो सपनामा आफुलाइ
आफुलाइ सुपुर्दगी गरेर
आफुलाइ नेपाली गोर्बाचोभमाा फेरेर
इतिहासको कलन्कित पाटोमा उभिएको छ।
हिजो पनि यो देशको थिएन।
लागि अराएको गर्ने न हो
धर्मको आडमा छिमेकीको भरमा
इजरायल बनाउने तानाबुनाहरु
यो हिमाली देशमा प्रयोग भइ रहेको छ।
हो! इतिहासको निर्माणकालमा
हामीले गल्ती गरेउ
राजा फालेर हो गल्ती गरेउ
हो !राजा फालेर गल्ती गरेकै हो।
भारतीय बिस्तारबादलाइ रोकेका रहेछन
हो ! हो! बल्ल चेत आयो
भारतीय बिस्तारबादलाइ रोकेका रहेछन।
राजा फर्काएर के गर्नु
फर्किने राजाको नेपालीलाइ बिश्वास छैन।
देश नफर्किने बाटोमा हिडिसकेको छ ।
जातीयता सङयिताको आधी बेहरीमा
मुलुक सुडान हुदैछ
के गर्न सक्छौ
गर्ने बेला आएको छ
बिश्वास कसलाइ गरौ
जता ततै घातै घात छ।
बिभिषण र लेण्डुपेको हुल हुन थालेको छ।