19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल महेन्द्र केसी November 10, 2016, 6:00 pm

बैनीको हातको टिका लाउन हिडियो घर

साथीभाईसँगै देउसी गीत गाउन हिडियो घर ।

सवका दाजु घर आउँदा, म नपुग्दा के होला बैनीको मनमा

त्यसैले बैनीको मुहारमा खुसि छाउन हिडियो घर ।।

सप्तरंगी टिका, मखमली माला लगाएर चिटिक्क परी

दाजुभाई दिदीबहिनीसँगै रमाउन हिडियो घर ।।

हजुरहरु पनि जानुहोला रमाउनुहोला साथमा

आफु त बैनीमको हातको टिका लाउन हिडियो घर ।।

शुभ रहोस् तिहार हजुरको शुभकामना छ है मेरो

आफु त सप्तरंगी टिका, मखमली माला लाउन हिडियो घर ।।

पर्वत ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।