19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल राकेश कार्की November 17, 2016, 4:33 pm
राकेश कार्की
राकेश कार्की

कालो बजारमा नपस्नेहरू नै छुट्छन् यहाँ

क्रिम पाडर नघस्नेहरु नै छुट्छन् यहाँ

यहाँ इमानी सज्जन भलादमीहरु पनि छन्

भ्रष्टचारी भइ नबस्नेहरु नै छुट्छन् यहाँ

दान चन्दा सेवा कति कति यहाँ चिनिन

सूचीमा दस्तखत नधस्नेहरू नै छुट्छन् यहाँ

शिर ठाडो राख्ने स्वाभिमानी पनि धेरै छन्

पाउको चापलुसीमा नखस्नेहरू नै छुट्छन् यहाँ

आफ्नोकोमा नधाइ नियम मान्ने पनि छन्

नातावादमा नफस्नेहरू नै छुट्छन् यहाँ

लस एन्जेलस

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।