19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल लाक्पा शेर्पा समर्पित November 17, 2016, 4:37 pm

सोहवर्षे जवानीमा अठारको कुरा नगर॥

तिमी यौवन बेच्ने बजारको कुरा नगर॥

एकै नजरमा मन पर्यो माया बस्यो॥

तिम्रो त्यो हसिलो मुहारको कुरा नगर॥

मुसुक्क हासी आँखा मारी तन मनमा बसी॥

दन्तै लहरसरि अनारको कुरा नगर॥

आफै खाउ आफै लाउ भन्ने यो छ सोच बेकार॥

कर्तब्यबिर्सि आफ्नो अधिकारको कुरा नगर॥

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।