आजभोलि बेहुलीलाई मङ्सिर लागे झैँ भा'छ,
अलिकति खुसी, अलिकति पीर लागे झैँ भा'छ,
मिहिनेतले भविष्य बनाउने हो, भन्न त भन्छन,
मिहिनेतमा कतैकतै तग्दिर लागे झैं भा'छ ।
उकालो, ओरालो, भिरालो हिडेकै हो सबै सबै,
यात्रामा कतै सम्म, कतै भीर लागे झैँ भा' छ ।
सम्भावनाको खेल खेल्दै गर्दा देखियो आज,
एकातिर ताकेर अर्कैतिर तीर लागे झैं भा' छ ।
रंगै रंगको संयोजन रैछ बुझ्योभने जिन्दगी ,
रातो र सेतोमा अलिकति नीर लागे झैँ भा'छ ।
क्यानडा