19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल शाैभाग्य बजगार्इं December 2, 2016, 7:39 pm

दुःख छ रे धेरै, छोरीले नि माम भन्छिन

घरै म नआई पुग्दै खै राजा दाम भन्छिन

कुरा पनि गर्ने हो रे साथी बन्ने हो पक्का

हप्ता दिन नबित्दै खै त तेरो नाम भन्छिन

काडा पनि नसहने रे गाडा पनि नसहने रे

पैसा छैन के भन्नु पैले खल्ती छाम भन्छिन

महोदय हजुरसंग दिने मलाई केहि के छ ?

सहयोगी होइन भने तेरो पिठ्उ छाम भन्छिन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।