मन नपरेको मान्छे मलाई देख्ने को छ कुन्नी
छुटे सयौं सपनाहरु भाग्य लेख्ने को छ कुन्नि
दुख्छु आँफै दुनियाँ भुली दुखाउनुभन्दा बरु
पिउदै अाँसु देखाइदिन्छु लुकाउनुभन्दा बरु
मनको आश मरेपछि हुन्न भन्ने को छ कुन्नी
छुटे सयौं सपनाहरु भाग्य लेख्ने को छ कुन्नि
कति छलें आफैलाई शरिर भित्रै छोए पनि
छाती भित्रै दुखिरहन्छ अाँसु झारी रोए पनि
रसाउँदैन हृदय कतै रसाइदिने को छ कुन्नी
छुटे सयौं सपनाहरु भाग्य लेख्ने को छ कुन्नि ।
चरापाने,झापा
हाल:ब्रसेस्ल ।