जव हाम्रो प्रेमको
हृदयमा
जराहरु फिजारिएपछि थाहा भो
यौवनका रसहरु मूल बनेर
एक अर्कामा भिजाउदा
सागरको गहिराहिमा तरंगित छालहरुले
काउकुति लगाउदै गिज्याउदा
एकपल्ट फेरि उही बिगतलाई सम्झियौ
उही स्कुल अगाडी भेट हुदा
संगै घर बाट निस्कन्थ्यौ स्कुल जान
मलाई आनन्दको आभास हुन्थ्यो
उनको किताव बोकिदिदा
उनि फ्रकमा मिठाइ पोको पारि
टोकेर फुटाउथिन
खान्थ्यौ आधि आधि
त्यहाँ पबित्र माया र स्नेह
मिसिएको थियो
जव हाफ छुट्टी हुन्थ्यो
उसै गरि भेटिन्थ्यौ
मकै भटमासको पोको फुटाउदै खान्थ्यौ
कैयौ पालुवा पलाए होलान
कैयौ रातहरु मरेर
दिनहरु व्युझीए होलान
संग संगै हाम्रो उमेरमा मिसिएका रंगहरुले
हाम्रो मुटुलाई रंगाउदै
सरिर भित्र पैदा भएका
अनेकौ कम्पनले यौटै बनायो
जसरि जोडियौ त्यो स्कुले यात्राबाट
हिजो त्यसैगरी
समुन्द्रको छाल ले छुट्टाएर झैँ गरि
दुइवटा किनार बनायो
अचानक केहि वर्ष पछि
स्कुलको गेटमा फेरि भेट भयौ
अनि नियाली रहेका थियौ दुबैले
आफ्ना नानि बाबुलाई
उही चउर
उसैगरी खादै थिए टिफिन साटेर
भन्दै थिए
जसरि पुतली को बिहे गर्यौ
उसैगरी हामि पनि एक हुनु पर्छ
जसरि पुतली लाइ एक गरायौ
आफनो बिगत लाइ ऐना जस्तै देखाई दिए
तर हामि छुट्टियौ जातको नाम ले
अब उनिहरूको आफनो पुतलीको बिहे
हामिले गराउने सोच्यौ