19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल निलम फुयाल स्पन्दन December 16, 2016, 4:31 pm

बुध्दलाइ त दावी अझै, गरिराछन् हाम्राे भनेर

मिलेदेखि सार्थे हाेलान्, सगरमाथा राम्राे भनेर ।

नदी बगेकै छन दक्षिण, जान्छन् थुनेपनि जसै

बाँध बाँधी-बाँधी दिए, के जान्छ र हाम्राे भनेर ।

मरिहत्ते गर्छन् ज्यानै दिन्छन्, राेकिंदैनन् क्वै गरी

जदाै गर्छन् खुट्टै ढाेग्छन्, भगवान हाे याे हाम्राे भनेर ।

नेताहरू पनि पाे धाइराछन्, उसैगरी निरन्तर उतै

दावी भएनन् रे बरू जंगबहादुर, शायद् चाम्राे भनेर ।।

धरान - २३

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।