19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मृत्युको ओछ्यान

कविता काङमाङ नरेश December 16, 2016, 8:45 am

प्रियसी,

म कस्तो गएको थिएँ युद्धमा

त्यस्तै र्फिर्कएको छु युद्धबाट ?

तिम्रो

गोलीजस्तो शिरफुल

तारजस्तो हारी

आगोजस्तो आँखा

ग्रिनेडजस्तो नाक

बमजस्तो कुर्कुच्चा

बन्दुकजस्तो हात

ट्राइपोडजस्तो खुट्टा

माइनजस्तो शरीर

तिमीमाथि बस्दिनँ

कसम ! बस्न दिन्नँ

आवाज आउँदा झस्किन्छु

गोली खोज्छु सिरानीमा

सपनीमा ब्युँझन्छु

हेल्मेट छाम्छु टाउकोमा

छेउछाउ साथी हेर्छु

एक्लै हुन्छु ओछ्यानमा

अफ्गानबाट फर्किएपछि

निंद्रा लाग्दैन मलाई

तिम्रो प्रेमले सजिएको

यो सुन्दर कोठामा ।

२५ नोभेम्बर २०११ ब्रुनाई

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।