19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल हस्त गौतम मृदुल December 23, 2016, 2:25 pm

त्यस्तो दियो नसल्काउ जस्ले उज्यालो पार्दैन

बरु त्यस्लाइ स्थान देउ जस्ले हिक्मत हार्दैन

खै मैले अनुभुति गर्न पाएन सुख शान्तिको

उही अगाडि बढेको छ जस्ले सिन्को सार्दैन

अरुको भरमा बल्नेहरु आफै सुर्य हँ भन्छन्र

हुतिहारा नेताले यहाँ कहिलै संकट टार्दैन

दृष्टि नहुनेलाइ नि ऐनाको आशा देखाउँछन्

निहित स्वार्थी नेताले कैलै माखो मार्दैन

जुन जोगी आए पनि कानै चिरिएका भेटिए

धक्कु लगाउने नेतालॆ एउटा रौं नि मfर्दैन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।