देश दुखिरहेको छ
आफ्mन्तको पीडाबाट
भित्र–भित्रबाट देश दुखिरहेको छ
सयकडाैं वीभिषणहरु
यसबेला देश गिजोलिरहेका छन्
स्वार्थमा फगत स्वार्थमा
देशलाई पीडा थोपरिरहेका छन् ।
स्वार्थको परकाष्टा नाघिसकेको छ
आमालाई पोइलको बात लगाएर
छोराको भेषमा कुपुत्रहरु
कति सहजै आमा बेचिरहेका छन्
यसबेला देश दुखेको छ
कतै पहाड दुखेको छ
कतै हिमाल दुखेको छ
कतै मधेश दुखेको छ
यसबेला देश दुखेर भक्कानिँदैछ
पीडै पीडामा देश थला परेको छ ।
जात जातिको यो फुलबारी
सयकडाैं सालदेखि
यो स्वतन्त्र अटलतामा उभिएको थियो
बुद्धम् शरणम् गच्छामीका ऋचाहरु
मानव जातिका लागि
शान्तिका नरसिङहरु बजाउँदै
उज्यालोका सन्देशहरु
यसै माटो हुँदै प्रज्ज्वलित भएको थियो
हो ! भरखरै जस्तो लाग्छ
हो ! देश दुखिरहेको छ
आफन्तकै पीडबाट
सयकडांै वीभिषणहरु
देश गिजोलिरहेका छन्
स्वार्थमा फगत स्वार्थमा
देश गिजोलिरहेका छन् ।