19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

वर्वरिक वर्ष

कविता कृष्ण उपाध्याय January 1, 2017, 8:46 pm
कृष्ण उपाध्याय
कृष्ण उपाध्याय

वर्षहरु बगिरहे

महिनाहरुका मृदङ्गमा,

सप्तान्तका नृत्यहरुमा,

नुतन स्वप्नका लय ताल र स्वरमा,

निर्माणका नाराहरुमा,

नया वर्षमा मुलुक नया बनाउने उद्घोष हरुमा।

हिमालका फेदिमा कति आल्लादित छन यी धुन हरु

कति मृदुलाग्छन मृदङ्गका झन्कारहरु

तालहरु

स्वरहरु!

हिमालमाथी बसेर वर्वरिक

युद्धका मृत शव गन्दै

शव नवनेकाहरुका स्वप्न गीत सुन्दै

एक पटक नयाबर्ष पर्खिन्छ

महिनाहरु मर्काउदै

सप्तान्तका अन्त हेर्दै

युद्ध पछिका क्लान्त जिवनमा

अक्लान्त आशा बगाउछ

हिमालमुनी

हिमाल छेउ

हिमाल वरिपरि।

वर्वरिक वर्वराइ रहन्छ

बादलको बर्बराहट जस्तै

मेघालयमाथीको मेघ गर्जन जस्तै

मङ्गलबारे छेउको माइ जस्तै।

वर्वरिक वर्वराइ रहन्छ:

म मरेको छैन

तर हिड्दिन

त्यसैले म मरे तुल्यछु

म जिउदो छु

जिउदाले भन्दा राम्रो देख्छु

त्यसैले जिउदा हरुलाइ जिउन भन्छु

बाढेका सपना न पिउन भन्छु

सपनामा नजिउन भन्छु।

जिउन त आफैलाइ मायागर्नु पर्छ

जिउन त आफैलाइ प्रेम गर्नु पर्छ

आफैलाइ प्रेम गर

तिमी लाई प्रेमगर्न आउँछ

मायागर्न आउँछ।

तिम्रालाइ प्रेम गर्न आउँछ।

प्रेमलाइ सपना सङ्ग नसाट!

नयाबर्ष लाई सपनामा सङ्ग नसाट।

वेम्ब्ली, लन्डन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।