19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सरोज उद्दीप्त कटुवाल January 12, 2017, 5:09 pm

नवझुल्के घामहरु ओझेल परेका छन्

हरियाली यामहरु ओझेल परेका छन्

सेवाशब्द अपबित्र लुट्ने भाँडो भएपछि

कत्ति राम्रा कामहरु ओझेल परेका छन्

कस्तो रामायण रावणमात्र रङ्गमन्चमा

शत्यवादी रामहरु ओझेल परेका छन्

सफलताको शिखरमा मुक्ति झन्डा बोकी

चढेका ती लामहरु ओझेल परेका छन्

सत्कर्मले पुन्य कमाँउ,सेवा नै धर्म भन्ने

सन्देशका खामहरु ओझेल परेका छन्

धनकुटा, हालः त्रि.वि कीर्तिपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।