17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चिहान

कविता जिग्मी डी. भोटिया January 27, 2017, 3:08 am

तिम्रो मानसपटमा नअटाएको

तिम्रो सोचमा नजमेको

तिम्रो विचारमा भत्किएको

चिहान

जो कदापी नयाँ होइन।

युगौंदेखि

हजारौं लास गाड़िएको ठाउँ हो त्यो

जहाँ तिमी गाड़िन्छौ

जहाँ म गाड़िन्छु

जहाँ हामी गाड़िन्छौं

एकाएक पुरिन्छौं

अनि प्राय: तुरिन्छौं।

बिन्ती

तिम्रो-मेरो अनि

हाम्रो लाससितै

हाम्रो आस्था

अनि अस्तित्वको धरोहर

फगत्‌ नपुरियोस।

गान्तोक, सिक्किम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।