मायाको असरले कतिलाई घुमायो
कतिलाई हँसायो कतिलाई रिङ्ग्यायो
औषधी भएपनि पिइदिन्छन् माया
विषै भएपनि पिइदिन्छन् माया
कसैले मायामा ताजमहल बनायो
कसैले लुते कुकुर मायालागि कनायो
माया पाउन कसले के मात्र गरेनन्
तारिफ के गरिदिनु धाउनै छोडेनन्
पोजिटिभ माया चुम्बकले तानिने
नेगेटिभ भएपछि उत्तरी ध्रुव हानिने
क्यालोरी गन्दागन्दै कसैको माया भारी
सासैले हुत्तिने कुपोषण माया पारी
कोही भन्छन् मायाले भोकनिन्द्रा हरायो
मायाले कतिलाई जिन्दगीभर कुरायो
अनैतिक झूठो माया भइदिन्छ बेकार
साँचो माया गर्नेकै लागि हो यो संसार
लस एन्जेलस