19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरो देश

कविता इन्दिरा दीक्षित January 26, 2017, 7:21 pm
इन्दिरा दीक्षित
इन्दिरा दीक्षित

म कसरी भनुँ मेरो देश नेपाल भनेर ।

खै कता छ र नेपाल ?

टिष्टा देखि कॉंगडासम्म फैलिएको मेरो देश ।

आधा भाग गुमाएर पनि उभ्भिएकै थियो ।

त्यै पनि अब त सक्किन लागेछ ।

खै कता छ मेरो देश ?

यता त भस्माशुरहरुको राज्या छ ।

आफैले दिएको वरदानबाट अभिशाप बनेझै ।

भागिभागि हिँडेका माहादेव जस्तै ।

निरीह बनेर टुलू टुलू हेर्न बाध्य जनता ।

दुइचारजना ठालु ।

अनि हामिलेनै ठूला बनाएका ठालु ।

मिलेर मेरो देश लुटिदैछ ।

अनि टुलूटुलू हेर्दै बस्ने हामी

नेपालका निरीह जनता ।

म कसरी गौरव गरौ !

मेरोदेश नेपाल भनेर ।

मेरो देश पन्चपाण्डवकी एक्ली द्रौपदी जस्ती ।

कौरवको सभामा निर्वस्त्र पारीएकी द्रौपदी जस्ती ।

नारी अपमानको पराकाष्टा भोगेकी द्रौपदी जस्ती ।

पीडा र अपमानले रोएकी द्रौपदी जस्ती ।

पुलुक्क पाण्डव को मुख हेर्न बिवस् द्रौपदी जस्ती ।

मौन अनि मुकदर्शक शिर नुहाएका पाण्डव जस्तै ।

उस्तैउस्तै नेपाली जनता ।

कौरव जस्ता दुइचारजना ठालुको डर मान्छ ।

अन्याय भयो भन्दैन ।

सबै सहेर बस्छ ।

सहने त बानि नै परेको छ ।

म कसरी गौरव गरौ ।

मेरोदेश नेपाल भनेर ।

यिन्को पनि सारी त तानिएकै छ ।

मेरो देश तिमी ।

खुटिमा बाधिएकी बलिको बोको जस्ती ।

चुपचाप सबै दृश्य मौन देखिरहेकी ।

कसैले छुडाएन ।

नमार है भनेर डोरी पुकाएन ।

तिम्रो आर्तनाद कसैले सुनेन ।

आखिर सबैलाइ बोकाको मासु त खानै छ ।

टुक्रा टुक्रा बनाउनै छ ।

चौटा चौटा तौलेर भाग लगाउनै त छ ।

मेरोदेश तिमी कस्ती !

भगवान रामद्वारा त्यागिएकी सीता जस्ती ।

अग्निकुण्डमा हामफाल्दा पनि ।

सतित्व स्विकार नभएकी ।

कस्ता भगवान ! काँहाका भगवान खै केका भगगवान हुन् ?

आफ्नी गर्भिणी पत्नी त्याग्ने पनि भगवान ।

अनि टुलू टुलू हेरेर बस्ने अयोध्या बासी ।

धिक्कार छ तिनलाई ।

अन्याय भयो भनेन ।

सीताका साथमा कोहि भएन ।

वनबास लखेटिएकी एक्ली सीता ।

उस्तैउस्तै अन्याय आजपनि जीवितै छ ।

अयोध्याबासी जस्तै ।

नेपालबासीले पनि अन्याय सहेको छ ।

यस्तै अन्याय सहने बानि परेको छ ।

धिक्कार छ नेपाल बासीलाई ।

नेपाल आमाको यत्रो विजोग हुँदा पनि ।

टुलूटुलू हेरेर बसेको छ ।

धिक्कार छ मलाई पनि ।

यस्तै देशमा जन्मेको म ।

नेपाली हुनुमा गौरव के छ र ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।