19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल एकु घिमिरे February 2, 2017, 7:06 pm

देउडा सुन्न पुगें डोटी भन्छन् हजुरबाले

भुक्कुरचाँदे खाँए रोटी भन्छन हजुरबाले।

हात काटे तिते-पाती,ढाड दुख्दा चम्सुर्!

खोकी लाग्दा लसुन पोटी भन्छन् हजुरबाले।

हामी सवै नदीजस्तो दक्षिण झरिरा'छौँ

रारा पुगें तीन चोटी भन्छन् हजुरबाले।

जनावरको मात्र डर थियो अरे पैले!

जमाना नै आयो खोटि भन्छन् हजुरबाले।

एउटा यात्री,एउटै डुङ्गा जीवन नदी तर्ने,

पछि लाग्थे सयौं ओटी भन्छन् हजुरबाले।

श्रीअन्तु-२,इलाम, हाल:चैनपुर्,संखुवासभा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।