प्रिय !तिमी भन्थियौ त्
सबै कुरा मुखले भन्ने पर्छ र ?
ढुंगा पनि बोल्छ र ?...
मेरो मन् चै पत्थर हो र ?
के थाहा ?
पत्थर बोल्ला तिमी बोल्दिनौ
भरखरै भन्दै थियौ
हाम्रो प्रगाढता वढ्यो भनेर
मलाई त पट्टक्कै लागेन
हाम्रो प्रगढ़ता वढेको कुरा
माया लाग्छको जवाफमा
काहा लाग्छ भन्थेउ त्
मायाको के कुरा ?
जहिले पनि ठुस्सिनु र रिसाउनु नै हो
माया पिरतीको कुरा
कहिले गर्न भ्याए कि छौ र ?
काम काम र माम बाहेक
के नै पो जानेकी छौ र ?
प्रिय !म सुटुक्क भन्छु
हाम्रो प्रगाढ आइरहेको छ
तिम्रो स्नेहामा वेरिन आइरहेको छ ।
तिम्रो शितलताको खोजीमा आइरहेको छ
उ आउदै छ आफूमा
आधी बेहरी समेटेर आउदै छ
तिम्रो सुकोमल बक्षस्थलमा लुटपुटिन
तिम्रो मायाको वर्षाले नुहाउन उ आउदैछ
हो ! हाम्रो प्रगाढ हुरी भएर आउदै छ
हाम्रो स्नेहको समुन्द्र भएर आउदै छ ।