व्यथा अचानोको
गर्छ वकालत खुकुरी यहाँ !
कथा छोक्रा भएर थुकिनेको
लेख्छ रस निलेर ढाडिने यहाँ !!
औडाहा शदियौं देखि शोषितको
बन्छ मसिहा खुद पिडक यहाँ !
पसिना गरिवको
पिउँछ घट्घट शोषक यहाँ !!
सपना खाली पेटको
देख्छ हाँडीघोप्टे यहाँ !
गीत आबरुको
गाउँछ बलात्कारी यहाँ !!
राग नश्च्छेदनको औजार तिखार्नेको
अलाप्छ नश्लिय विर्ता खोज्ने यहाँ !
खाँचो मदारीलाई खरानीको
झोस्छ घर आफ्नै जमुरे यहाँ !!
टोरन्टो, क्यानडा