19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विमल गिरी February 23, 2017, 8:13 pm
विमल गिरी
विमल गिरी

रमाई रमाई खोली तर्यौ छोडी मलाई बगरमा

अब कहिल्यै फर्की नआऊ बिन्ती मेरो नजरमा

देखेपछि चोट दुख्छ चर्की चर्की छातीभरी

मै जमाउँला पीडाजति दुई आँखामा रारासरी

सागरजत्रै खुसी अटोस् सँधै तिम्रो अधरमा

अब कहिल्यै फर्की नआऊ बिन्ती मेरो नजरमा!

तिम्लाई पाउने आशै आशमा जिन्दगीको नाउ डुब्यो

भित्र राखी सजाउ भन्थे सपनाको गाउँ डुब्यो

रमाऊ उतै तिम्रो सुन्दर पिरतिको सहरमा

अब कहिल्यै फर्की नआऊ बिन्ती मेरो नजरमा ।

चारपाने, झापा, हाल, ब्रसेल्स ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।