18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत राकेश कार्की February 24, 2017, 4:15 am
राकेश कार्की
राकेश कार्की

मुटु नै बिछ्याएथेँ स्वागतम लेखेर

कोमल पाईताला कसरी बिझ्ने भयो

बन्द परेली भित्र सजाउँ भनेथेँ

बर्षा नै बिना नयन भिज्ने भयो

कसरी बोलाउँ अब बोलाउन सकिन

तिम्रो मनमा फेरी पलाउन सकिन

यादहरुले जलाई रह्यो आफु जलिरहेँ

बाँकी नै रह्यो माया जलाउन सकिन

हाल के बताउँ अब सुन्ने कल्ले

फाटेको माया सँगाली बुन्ने कल्ले

खुल्लै रह्यो जिन्दगीका सबै ढोकाहरु

संभालेर जोगाएर अब थुन्ने कल्ले

लस एन्जेलस

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।