सिमलको भुवा झै हावामा उडेका सपनाहरू
फक्रीन नपाउदै कोपिलामा चुडेका सपनाहरू
चाहेर पनि, अब फेरि जोड्न मिल्दै नमिल्ने रैछ
सिसाले पत्थरलाई माया गर्दा फुटेका सपनाहरू
बगिरहने आँसु बाहेक आउनै छाडे आँखामा
हरेक रात निष्ठुरीको यादले लुटेका सपनाहरू
मरुभूमि जिन्दगीमा जताततै उराठ मात्रै लाग्छ
अब अरु केही छैनन् बाकी छुटेका सपनाहरू
निष्ठुरीले छाडेर गयो अन्तै, वसन्त बहार खोज्दै
ओइलिएर झरेछ मायामा फुलेका सपनाहरू