चखेवाको जोडी भन्ने उखान एकातिर
लोग्ने-स्वास्नी झगडाको तुफान एकातिर।
साली कस्को?प्रश्न गरे'भेनाको'हो उत्तर!
शंका गर्ने ससुरा र जेठान एकातिर।
स्वाजिलेण्डका महाराजले चौधौं रानी छाने!
उस्तै कामको कतै पूजा,बद्नाम एकातिर ।
ॠद्धि-सिद्धि अँगालेथे गणेशजीले पनि
माछासँग लहसिने हनुमान एकातिर।
इन्द्रजी र विष्णुजीका छलका कथा धेरै!
उनैलाई मान्छौं हामी भगवान एकातिर।