तिम्रै लागि राखेका हुन् गमलाका फूलहरु
सडकमा रंगीचंगी टाँगेका हुन् तुलहरु
बनाउँछु भनीभनी मागेका हौ भोटहरु
तर काहाँ बनेका छन् नदीमाथि पुलहरु
हिजो तिम्रो शक्ति हुँदा सबै ताली पड्काउँथे
आज तिम्रै बिरुद्धमा उठेका छन् हूलहरु
जनताका खाली पेट भर्न भनी पठाएको
तर आफ्नै पेटभरि झनै थप्यौ शूलहरु
लुट्नसम्म लुट्यौ र त आज सडकमा हुँदा
पश्चाताप लाग्यो होला गरेका ती भुलहरु
खोटाङ