19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विमल गिरी March 13, 2017, 1:11 pm
विमल गिरी
विमल गिरी

हाम्रो सबै कहानी उस्तै उस्तै हुनु पर्छ

उमेर अनि जवानी उस्तै उस्तै हुनु पर्छ

जता हेर्यो उतै दुख सुख घाम र छायाँ

छल्किएको पानी जस्तै माया दाँया बाँया

मिल्ने मन आनिबानी उस्तै उस्तै हुनु पर्छ

उमेर अनि जवानी उस्तै उस्तै हुनु पर्छ

सम्झनाको तस्विर आँखाभरि रहोस् सधैं

यादको कारागार वतास जस्तै बहोस् सधैं

तिमी हामी सुन खानि उस्तै उस्तै हुनुपर्छ

उमेर अनि जवानी उस्तै उस्तै हुनु पर्छ ।

चारपाने झापा

हाल,ब्रसेल्स,बेल्जियम ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।