तिम्रो पनि मेरो जस्तै पहल हुने भए
पिरतिको एउटा सुन्दर महल हुने भए
छुट्टाउनेथे घडेरी दिलको खाली ठाउमा
धनिपुर्जा बनाइदिन्थे बरु तिम्रै नाउमा
आगनीको वरिपरि माया कै बार बार्थे
रङ्गीचङ्गी सुगन्धित फुलहरु सार्थे
तिम्रो पनि मेरो जस्तै पहल ......
भरोसाको छानोमा खुशीहरु रङ्गाउला
आशाको भितामा सपनाहरु सजाउला
तिम्रो पनि मेरो जस्तै पहल .......
तिम्रो पनि मेरो जस्तै पहल हुने भए
पिरतिको एउटा सुन्दर महल हुने भए
छुट्टाउनेथे घडेरी दिलको खाली ठाउमा
धनिपुर्जा बनाइदिन्थे बरु तिम्रै नाउमा
चापपानी ,पाल्पा