19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नेपाली योद्धाको वीरगाथा

कविता विष्णु न्यौपाने March 13, 2017, 5:20 am

भावना शैलको माथझैं उच्च छ

साधना वीरको देशझैं उच्च छ ।

देशले वीरको गर्छ सम्बर्धन

देशको स्वार्थमा थाप्छ ऊ गर्धन ।।१

साधकी साहसी जिन्दगी चुन्दछ

सिंहका चालको भावना उन्दछ ।

सृष्टिकै उच्च हुन् दृष्टिका गायक

वीर हुन् देशको मुक्तिका नायक ।।२

लालसा दासता हुन्न क्यै आँतमा

उष्णता रक्तमा हुन्छ त्यो आँटमा ।

झड्कने गर्दछन् जोसका पाखुरी

सिर्जना सीपका बन्दछन् सारथी ।।३

सत्रुका माझमा काल हूँ ठान्दछ

देशको लागि ऊ ढाल हूँ जान्दछ

युद्ध वा मृत्युको सामना गर्दछ

जीतमा जिन्दगी हारमा स्वर्ग छ ।।४

गौरबै ठान्दछन् प्रेमको बन्धन

जीवमा जातिमा मोहको स्पन्धन

शान्तिका सार हुन् विश्वका एकल

हेपिए जाग्दछन् बाघभै बेगल ।।५

(स्रग्विणी)

दमक

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।