थुनुन्जेल मात्र न हो बगिजान्छ पानी पनि
संभालिन नसके बिग्रिनेछ बानी पनि
कुलतमा फस्न सक्छन् एकदुई चोटि भन्दाभन्दै
साथीसँगी हावा भए त्यस्तै बन्छ ज्ञानी पनि
कति कतिलाई फसाइ कमाउछ मानिसले
नाम नहुने भए को नै बन्थ्यो दानी पनि
पखालिए मनका सपनाका रङ्गहरु
त्यही आँसुमा डुबेछ आँखाको दुई नानी पनि
एउटा कानुन बनाउछ अर्कोलाई थुनाउछ
सुन्दैन हेर्दैन र चुप छ जानाजानी पनि
घिउ आउछ भनेपछि बाङ्गो औँला पारेर
इज्जत जान्छ सहन्छ ऊ हानि नोक्सानी पनि
(७ र ८ अक्षरमा विश्राम)
लस एन्जेलस