17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विमल गिरी April 28, 2017, 1:05 pm
विमल गिरी
विमल गिरी

एउटालाई दु:खपर्दा मान्छे त्यसै हाँसि दिन्छन

ब्यथा पोख्ने ठाउनै हुन्न भन्यो भने रिसाइ दिन्छन

सिथिल हुन्छु त्यसै त्यसै नबुझेझै गर्छन् सबै

मनको बाध भत्काइ दिन्छन गोधुलि नहुँदै

दुख्छ भित्र निचोरिन्छु मान्छे त्यसै हाँसि दिन्छन

ब्यथा पोख्ने ठाउनै हुन्न भन्यो भने रिसाइ दिन्छन

सरदमा फुल्ने फुल ओईली एकदिन झर्नैपर्छ

मृत्‍यु हाम्रो तितोसत्य एक दिनत मर्नैपर्छ

धरातल एउटै सम्झ्यो मान्छे त्यसै हाँसि दिन्छन

ब्यथा पोख्ने ठाउनै हुन्न भन्यो भने रिसाइ दिन्छन् ।

चारपाने झापा, हाल: ब्रेसेल्स ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।