19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समवेदना

कविता बराल राजु April 28, 2017, 5:10 am

जीन्दगीको जिजीविषाले बिछटै दौडायो

आफना प्रियजन सब पछी छुटायो

सोहर्न हिडेको खुसी तर पिडाको पहाड तेर्सियो

वहिखाता त शुन्य नै छ खै के पो भेट्टियो

पाखो पखेरोको मस्तराम म

बस र ट्रेन भेट्न सास थामेर दौडने भ’को छु

आमाले पस्केको खोट लाउने म

बासीले पेट भर्ने भ’को छु

बाउले भलैका लागी अर्ति दिँदा फन्कने म

पराईले हेप्दा ङिच्च दाँत देखाउने भ’को छु

संसारै जित्छु भनेर बुर्कुसी मार्ने म

हात र मुख जोड्नुलाइ पुरूषार्थ ठान्ने भ’को छु

अजंगको खुसी खोज्दा

स–सना हर्ष छुटेको हेक्कै भएनछ

पेटभरी रुन खोज्दा

एकान्त नभेटेर अाँसु सुकेको पत्तै भएनछ

भूँइको सोहर्न खोज्दा

पोल्टोको छरिएको होसै भएनछ

भर्न सबथोक खोज्दा

रित्तिदै गएको चेतै भएनछ

रित्तिदा रित्तिदै सब रित्तिएछ

मन रित्तिएछ

चैन रित्तिएछ

हाँसो रित्तिएछ

भावना रित्तिएछ,

शब्द रित्तिएछ

त्यसैले श्रद्घान्जली मात्र RIP मा खुम्चिएछ

टोरोन्टो , क्यानडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।