19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल डा.रुपक श्रेष्ठ April 28, 2017, 5:35 am

रुपसी यो रुपाताल छाल बैदामताल अहा !

माछापुछ्रे फेवाताल मिठो मायाजाल अहा !

कृष्णजी र गोपिनीको अलौकिक प्रेम लिला

हरेक तालमा उनकै छाँया बाँसुरीको ताल अहा !

दिपाङ्ग मैदी निल कमल शिरमा हजुर सेतो हिमाल

सेतो कमल सेतै हाँसले घेर्छन रुपाताल अहा !

अग्लो हिमाल पहाड फाँट नदी नाला ताल तलाऊ

दुई आँखाभरी पाऊँ सँधै मेरो नेपाल अहा....!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।