19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल पशुपति पराजुली "सालघारी" May 13, 2017, 7:22 pm
पशुपति पराजुली
पशुपति पराजुली "सालघारी"

सधैँ यस्तै हुने भए देश कैले उठ्ने होला

यो नेपाली फेरि कैले एकतामा जुट्ने होला ।

हिमाल पाहाड मधेश सबै एउटै सिङ्गो देश भन्ने

यूगौँ प्यारो समता यो कैले सम्म रुठ्ने होला ।

आफ्नै घर आफ्नै आगन, हुनु हुन्न कोही पर

सहमति नगरेर कहिले सम्म छुट्ने होला ।

देश साझा फुलवारी हो भागवन्डा खोज्ने लाई

राता रात पराइले एक एक गरी भुट्ने होला ।

भाइ फुटे गवार लुटे भन्ने उक्ति बिर्षिएमा

झुक्याएर एकदिन गवारैले लुट्ने होला ।

भोजपुर ,चरम्बी ६

हाल : West Hartford Connecticut, America

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।