इन्द्रेणी झै रंगिएको
चुनावी माहोल
तीन चार रंगहरू बाहेक
आँखाले छुट्टाउन सकेको छैन
किनकि
लुप्त छन् ती रंगहरू
केवल नाममा मात्रै सिमित बनेका छन्।
प्रष्ट देखिएका ती रंगहरू मध्ये पनि म कुन रोजु
अन्योलमा छु ।
चार तारा टल्किएको रातो,सेतो, हरियोे मिसिएको त्यो
समूह हिजोदेखि निरन्तर
त्यहि ठाउँमा छ
तर
त्यसको महत्त्व र फाईदा
म र महरूले लिन सकेका छैनन्
किनकि टाढाको ताराको
उज्यालो
म र महरूको नजिक आउन सम्भव छैन
स्वयम् उसको लागि मात्र उपयोगी छ ।
रातो भित्र देखिने सुर्य
निकै चमकदार बनेको छ
तर त्यो सेतो सुर्यमा असिमित दागहरू छन्
एनजीओ पालेर लुट कच्चाइरहेको
त्यसमा,
प्रतिसोधको भावनाहरू कैद छन्
अरूको अस्तित्व अस्वीकार्य छ
असमनाता छ
एकलकाटे प्रवृत्ति छ
नजिक भए जसलाई पनि मस्म पार्ने
योजनाहरू कैद छ
साँच्चि भनौ भने
समावेशिता
सहकार्य
समझदारी
समृद्धि
सफा मन छैन
किनकि
त्यहि सुर्यले मनमोहन निलेको छ
उसको रगतको होली खेलेको छ
गुण्डा डनहरू
पालेर एक्का बन्न खोजिरहेको छ ।
एनजिओले देश रित्ताएर
रातोचित्र चमकदार बनेको सुर्यको बास्तविकता यहि छ ।
रातो भित्र सेतो रङको वृत्त
वृत्तभित्र
हरदिन मेरो आमा र तमाम आमाले प्रयोग गर्ने हसियाँ
मेरा बा र तमाम बाहरूले प्रयोग गर्ने हथौड़ा कैद छ ।
गोलाकारले सिमा रेखा बनाएको छ
विश्वभरका
मेरो आमा र बा जस्तै
काम गर्नेहरूको झझल्को दिएको छ
जुन हसिया हथौड़ाले
मजदुर
संघर्ष
सहकार्य
समुन्नत
सुशासन
सुख
शान्ति
समझदारी
समधान
समावेशी
सहयोग
समृद्धि
सम्पन्नशाली
सफलताको
झझल्को दिएको छ
तर
अधिकारलाई गोलाकार रेखाले सिमित तुल्याएको छ
स्वतन्त्रता हुन बन्देज लगाए जस्तो देखिएको छ ।
पहेंलो, निलो रंगमा अझै
निरङ्कुशता कायम छ
धर्मको नाममा
कुर शासन लाद्नको लागि खोजिएको छ
त्यसैले म अझै अन्योलमा छु
म कुन रङ रोजु !
नागरिकता देखाएर
कसलाई प्रथामिकतामा राखु !
कालो फोटो टाँस्ने समय
लुप्त पारे रंगीन फोटो सहितको
नागरिकता दिनेहरुलाई म रोजु कि ?
रंगीन संसारको सपना देखाएर
म र मजस्तै लाखौ युवाहरुको
सपनाहरुलाई कालो छायाँमा
कैद गर्नेहरुलाई रोजु ।
आखिर रङ रङनै
रातो, पहेँलो र निलो
उत्तिकै महत्वका छन् ।
आखिर म कुन रंगलाई रोजु ।
पर्वत ।