18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत युवराज भण्डारी June 10, 2017, 4:38 am
युवराज भण्डारी
युवराज भण्डारी

तिमी छौ फुल बासनामा हावा पानीमा

तिमि नै तिमि छौ यी आँखाको नानीमा।

तिम्रा नयनहरु कति चंचल कति निर्मल

मिलनका ती पलहरु याद आउछ हरपल

तिमी त हररात हुन्छेउ मेरो सिरानीमा

तिमि नै तिमि छौ यी आँखाको नानीमा।

तिम्रा पाउ सुस्तरी यो हिर्दयमा हिड्छन्

ती आँखा अँध्यारोमा मलाई दीप दिन्छन्

तिमी मेरो बाटो तिमी आशा बिरानीमा

तिमि नै तिमि छौ यी आँखाको नानीमा।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।