19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल मुक्ति गाैतम June 9, 2017, 8:41 pm

आँखा बिछाई दोबाटोमा तिम्रो बाटो हेर्दै बसें

कहिले लेख्दै तिम्रै नाउँ कहिले त्यसलाई केर्दै बसें

कोमल तिम्रा पाउमा कतै ठेस लाग्ला भनि

बिछाएर आफ्नो मन तिम्रो बाटो घेर्दै बसें

तिमी भने आइनौ त्यता अर्कै बाटो हिड्यौ क्या रे

मैले भने पुरै जीवन कुना कुना फेर्दै बसें

मनभित्र थाहै नपाई तिम्लाई आफ्नो बनाएछु

त्यै मायाको धारले बाँकि मनका रहर सेर्दै बसें

टोरण्टो

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।