17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सुन्दर शिरीष June 10, 2017, 4:53 am

म चाहान्छु चूमूँ, अधरमा हजुरको ।

हराउँछु आफैं, नजरमा हजुरको ।

म चर्चा गरुँ के, नगर्नू कसोरी,

बसेकै छु साँच्चै, खबरमा हजुरको ।

छ चिन्ता मलाई, कहाँ छौ कता छौ,

कता हो बसाई, सहरमा हजुरको ।

भयो भुल्न गाह्रो, कसोरी रमाउँ,

सधैं याद मै हो, प्रहरमा हजुरको ।

निदाउँ भने खै, नसक्ने भएँ लौ,

कती रात काटूँ, रहरमा हजुरको ।

(बहर ः मुतकारिब)

सिन्धुपाल्चोक

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।