19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल डा. ऋषि बस्ताकोटी June 9, 2017, 8:57 pm

के भएन जिन्दगीमा, धेरै कुरा जोडेको छु ।

ओछ्याएर सिंगै धर्ति, पूरै आकाश ओढेको छु ।

कहिले फूल फुल्यो यता, कहिले झारै फुल्यो,

अध्यारोमा झार भन्दै, कैयौं फूल गोड़ेको छु ।

उकालो नि हिंडे धेरै, ओरालो नि झरें उस्तै,

गन्तव्यमै पुग्न लाग्दा, कति पाइला मोडेको छु ।

तिमीलाई ढाट्या भए, आफैँ भन्न नपाउँ,

आफ्नै बाचा-कसम भने, घरी घरी तोडेको छु ।

हिसाव पछि गरौंला नि, अहिले यत्ति भैगो,

के के पाउन जिन्दगीमा, कता के के छोडेको छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।