खोंचभित्रको अर्को खोंच
खुट्टा कमाउदै आंखाले भ्याएसम्म भित्र हेर्ने
सबैको एउटै सोच
थरथराएको खुट्टालाइ आंखाले डोरयाएजस्तो
सोन्दर्य हराएका डांडाहरु आंखैमा बिझाएजस्तो
पातालै पातालको संगम जस्तो
खै कस्तो कस्तो ग्रयाण्ड क्यानियन ।
हरियाली छाम्न परे जासुवाको वोट
मरुभूमीको अर्को ठाउं छाम्न परे त्यही जासुवाको वोट
सुख्खा हुरीबाट घाटा त उसले सहेकै छ रातदिन
तर
नाफाको जिन्दगी उभ्याएकैमा जासुवाले गर्व गरेजस्तो
खै कस्तो कस्तो ग्रयाण्ड क्यानियन ।
स्थीर जनजीवनमा हरियालीको गति हारेजस्तो
जीतको चिठ्ठा त अर्कैतिर परेछ
मात्र हारैहारको गांठो परेजस्तो
नपुगुन्जेल एकपटक पुग्नैपर्ने धोको हो ग्रयाण्ड क्यानियन
चुलिन विर्सिएका पहाडहरुको
अचम्मको पोको हो ग्रयाण्ड क्यानियन ।
(नर्थ क्यारोलाइना नेपाली साहित्य समाज)