17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तिमी वेइमान नबन

कविता राजु पौडेल June 26, 2017, 1:50 pm

अखवार तिमी वेइमान नबन

इमानको भात खाएर

बेइमानको धून नबजाऊ ।

तिमीले सधैं रंग्याउने गरेका

जितका अक्षरहरु

तिमीले सधैं रंग्याउने गरेका

गीतका लयहरु

आज एक्कासी

मृत्युवरण गरेको अपशकुन छापिरहेछौ

विहानीको ताजा अखवारमा

तिमीले छाप्ने गरेका जुझारु गीतहरु

तिमीले छाप्ने गरेका अमर प्रितहरु

आज मौनता साधेंर

शोकमग्न लम्पसार बनाइछाडेका छौ

तिमी, मृत्यु छापिरहेछौ ती गीतको

तिमी, मृत्यु छापिरहेछौ ती प्रितको

तिमी, मृत्यु छापिरहेछौ ती जितको

र अखवार !

तिमी बर्बराइरहेछौ एकोहोरो

सधैं जित छापिरहने तिमी

कसरी हार अलाप्न सक्यौ आज ?

तिमी एक निमेष पनि

भ्रम नछाप अब

तिमी एक निमेष पनि

भ्रम नपाल अब

मृत्यु नछाप

कालजयी अक्षरहरुको

मृत्यु नअलाप

कालजयी गीत र प्रितहरुको ।

अनि

मृत्यु नमाग

कालजयी श्रष्टाहरुको ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।