प्रमुख समाचार
- केही दिनदेखि खानामा अरुची भएकोमा आजदेखि प्रधानमन्त्रीले राम्ररी खाना खानु भयो ।
- शिक्षा मन्त्रीबाट राजधानीमा भब्य समारोहका बीच एक फिल्मि पत्रिकाको बिमोचन गर्नु भयो ।
- धेरै दिनको मुसलधारे वर्षाबाट तराईमा भएको क्षतिको निरिक्षण गरेर गृहमन्त्री राजधानी फिर्ता ।
- राजधानीको एक पाकेटमार प्रहीको फन्दामा ।
- राजधानीको एक होटलमा छापा मार्दा बेश्याबृत्ति कार्यमा संलग्न भएको आशंकामा एक जोडी युवायुवती पक्राउ ।
स्थानीय समाचार
- दुर्गम पहाडी जिल्लाको विकटपुर गाउँमा खाद्यान्नको अभावमा भोकमरीले केटाकेटी सहीत केही बृद्धबृद्धाहरुको मृत्यु ।
- सुदुर पहाडी जिल्लामा कापी-किताव किन्न नसकेर धेरै बालबालिका शिक्षाबाट बन्चित ।
- मुसलधारे वर्षाबाट तराईका धेरै जिल्ला प्रभावित । केही गाउँ पुरै डुबानमा । मानिसहरु ज्यान जोगाउन छाना, बुईंगल, रुख आदिमा बसीरहेका ।
- तराईको गरिबपुर भन्ने ठाउँमा प्रहरी चौकी नजिकै सिंगै गाउँ डाकाद्धारा लुटपाट । घटनापछि प्रहरीद्धारा खोजपड्ताल जारी ।
- पश्चिम नेपालका यौन व्यावसाय गरेर जीविकोपार्जन गर्न बाध्य महिलाहरु सम्मानजनक रोजगारी दिन सरकारसंग माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ ।
साभार: शारदा मासिक २०६५