19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भुपेन्द्र मल्ल July 21, 2008, 8:21 am

स्वाभिमानलाई बन्धकी राखी हास्न लाज भो
आत्मासम्मान यो  उधारोमा टास्न लाज भो

बेसुरा लौ  कती धेरै बिना गुदीका टाउका
हल्लाको यो खेती भित्र विश्वाश गास्न लाज भो

आफ्नै महाभारत आफ्नै योद्धा को जित्यो हार्यो को
जालझेलको यो बिजय डांक बास्न लाज भो

प्रदुषित नैतीकता भित्र के जन्मिएला सोच
बिकृतिको सगर जो नसकी भास्न लाज भो

खुकुरिको डोब अझै ताजै होला गोर्खालिको
पुर्खाले आर्जेको पहिचान यो मास्न लाज भो

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।